सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार भने सुन तोलाको १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन तोलाको एक लाख ११ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस