पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना, तराईमा पाँच दिन लू चल्ने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना, तराईमा पाँच दिन लू चल्ने


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति भने कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तैगरी, आगामी केही दिनसम्मको तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने छ । तराई भू-भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा ‘लू’को सम्भावना यथावत् रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस