शरणार्थी प्रकरणमा तीन अभियुक्तको तर्फबाट कानुन व्यवसायीले गरे बहस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शरणार्थी प्रकरणमा तीन अभियुक्तको तर्फबाट कानुन व्यवसायीले गरे बहस


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङको पक्षबाट कानुन व्यवसायीहरूले बहस गरेका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीले बहस गरेका हुन् ।

अभियुक्तमध्येका केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सुरु गरेका हुन् । भट्टराईले तत्काल प्राप्त प्रमाणका आधारमा दुलाललाई पुर्पक्षका लागि साधारण तारेखमा छाड्न माग गर्दै बहस गरेका हुन् ।

भट्टराईपछि दुलालको पक्षमा अधिवक्ताहरू विकास थापा, राजन भट्टराई, नरेन्द्र योगी र वरिष्ठ अधिवक्ता विश्वास आचार्यले बहस गरे ।

त्यस्तै, अर्का अभियुक्त सानु भण्डारी र टङ्क गुरुङको तर्फबाट संयुक्त रूपमा अधिवक्ताहरू विनोद शर्मा, चूडामणि पोख्रेल, शिवप्रसाद रिजाल, साधुराम सापकोटा, शरदप्रसाद कोइराला, षडानन्द कँडेल र नीरसिंह कुमार खत्रीले बहस गरे ।

सानु भण्डारीकै तर्फबाट भोलि पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस