सरकार व्यापार गर्ने काममा लाग्नु हुँदैन : मन्त्री रिजाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकार व्यापार गर्ने काममा लाग्नु हुँदैन : मन्त्री रिजाल


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताएका छन्।

मङ्गलवार जनकपुरमा व्यापारीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले व्यापार गर्ने नभई व्यापारका लागि सहजीकरण गरिदिने बताए।

मन्त्री रिजालले भने, ‘सरकारले व्यापार गर्ने होइन, निजी क्षेत्रले गर्ने हो। सरकारले त मात्र सहयोग गर्ने हो। के गर्नुपर्छ बाटो बनाइदिने हो। अहिलेको गठबन्धन सरकारले तपाईँहरूका समस्या समाधान गर्नेछ। प्रधानमन्त्रीले संसदमा जवाफ दिँदा बजेटको ट्रेडिसनल सिस्टम पञ्चायतकलादेखि नै आएको छ। त्यसलाई परिवर्तन गर्न नसक्ने हो भने न देश सुखी रहन्छ, न उद्योगपति सुखी रहन सक्छन्। सरकार कटिबद्ध छ। राजनीतिक स्थिरता नहुँदा विगतमा समस्या आयो तर अब यो गठबन्धन सरकार ५ वर्ष नै चल्छ मलाई लाग्छ।’

मन्त्री रिजालले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरू सुखी हुन नसक्ने जिकिरसमेत गरे।

उनले पहाडबाट बगेर जाने बालुवाहरूको उत्खनन गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै आपत्तिसमेत जनाए।

उनले देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी कम गरे देश विकास गर्न समय नलाग्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस