प्रधानमन्त्री प्रचण्डद्वारा रक्षामन्त्रीकी भाइबुहारी डा. सञ्जुलाई श्रद्धाञ्जली अर्पण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री प्रचण्डद्वारा रक्षामन्त्रीकी भाइबुहारी डा. सञ्जुलाई श्रद्धाञ्जली अर्पण


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन भएकी डा. सञ्जु खड्कालाई श्रद्धाञ्जली दिएका छन्।

मङ्गलवार सुर्खेतस्थित उनकै निवास पुगेर प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाएकी डा. खड्कालाई श्रद्धाञ्जली दिएका हुन्। डा. खड्का उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काकी माइली भाइ बुहारी हुन् ।

बाँकेमा गत जेठ १६ गते कार दुर्घटना हुँदा खड्का र चालक सुवास अधिकारीको मृत्यु भएको थियो।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायतले डा. खड्कालाई श्रद्धाञ्जली र परिवारका सदस्यहरूमा समवेदना प्रकट गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस