उडिरहेको श्री एयरलाइन्सको ढोका एक्कासी खुलेपछि….. « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

उडिरहेको श्री एयरलाइन्सको ढोका एक्कासी खुलेपछि…..


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स जहाजको ढोका एक्कासी खुलेपछि विमान काठमाडौँ फिर्ता भएको छ।

मङ्गलवार बिहान धनगढी जाँदै गरेको विमानको ढोका एक्कासी खुलेपछि जहाज काठमाडौँ नै फिर्ता गरिएको हो ।

जहाजको ढोका खुलेको ३० मिनेटसम्म आकाशमा नै उडाएर पुनः काठमाडौँ फर्काइएर अवतरण गराइएको छ ।

विमानमा आएको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको बताइएको छ । तर जहाजमा रहेका यात्रु सबै सुरक्षित छन्।

Tags :
प्रतिक्रिया दिनुहोस