सार्वजनिक यातायातले यात्रुलाई गन्तव्यबारे अनिवार्य जानकारी गराउनुपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सार्वजनिक यातायातले यात्रुलाई गन्तव्यबारे अनिवार्य जानकारी गराउनुपर्ने


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सार्वजनिक यातायातका साधनहरूले यात्रुहरूलाई यात्रा तथा गन्तव्यको बारेमा जानकारी गराउनुपर्ने भएको छ । 

यात्रुलाई चढाउने र ओराल्ने वेला सहचालक, चालकको नामसहित, बस नम्बर, गन्तव्य, मौसम, यात्रु संख्या, सडकलगायत विषयमा जानकारी गराउनुपर्ने छ । 

सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० लाई थप परिमार्जन गर्दै जनचेतनामूलक अडियो सामग्री अनिवार्य प्रस्तुत गर्नुपर्ने नियम ल्याएको हो । 

सरकारले निर्देशिकाको बुँदा नम्बर ११ अन्तर्गत (क) र अनुसूची २२ थप गरेको छ । जसमा सवारीसाधनको सरसफाइ, जनचेतनामूलक अडियो, यात्रु र चालक पक्षको जिम्मेवारीलगायत विषय समेटिएका छन् ।

यो नियम मध्य तथा लामो दुरीका सवारीसाधनको लागि हो । यात्रुहरूलाई गन्तव्यबारे थाहा नहुने हुँदा पर्न सक्ने समस्या र सरसफाइलाई मध्यनजर राख्दै यस्तो नियम ल्याइएको यातायात व्यवस्था विभागले जनाएको छ ।  

विभागका अनुसार यो नियम १ असारदेखि लागू गर्नुपर्नेछ । अनुसूचीमा कस्तो प्रकारको अडियो प्रस्तुत गर्ने भन्नेबारे पनि उल्लेख गरिएको छ । सहचालक तथा चालक दलका व्यक्तिहरूले सभ्य भएर नमस्कार र स्वागतसहित यात्रुहरूलाई गन्तव्य, गाडी नम्बर, चालक र सहचालकको नाम, गन्तव्य, मौसम र सडकको अवस्थालगायतबारे अडियोमार्फत् जानकारी गराउनुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस