ग्लोबल आइएमई बैंकले वृक्षारोपण गरी मनायो विश्व वातावरण दिवस  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ग्लोबल आइएमई बैंकले वृक्षारोपण गरी मनायो विश्व वातावरण दिवस 


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ । बैंकले “एक कर्मचारी, एक बिरुवा रोपण” अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिका उन्नत बोट/बिरुवाहरू रोपेर विश्व वातावरण दिवस मनाएको हो । 

बैकले मोरङको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौँको टोखा स्थित लाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रुपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको वीरेन्द्रनगर चौहान पार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । 

बैंकले आयोजना गरेको यस वृहत् वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरू, स्थानीय नागरिक लगायत विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो । 

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस