कक्षा १० को अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली लागू  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कक्षा १० को अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली लागू 


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरिएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म नदोहोरिने जनाइएको छ । 

बजारमा पाइने गाइड, गेस पेपर जस्ता पुराना प्रश्न पत्रको सँगालोको आधारमा अभ्यास गरी कण्ठ गर्ने प्रवृत्तिलाई अन्त्य गर्न स्तरीकृत परीक्षा प्रणाली लागू गरिएको बोर्डले जनाएको छ । 

बोर्डले कक्षा ८, १० र १२ मा स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने तयारी गरिरहेको छ । त्यसका लागि नेपालभरका २५० जना शिक्षकहरूलाई देशभरका प्रश्न पत्रको स्तर एउटै बनाउनको लागि प्रशिक्षण दिइसकेको जनाएको छ । बोर्डका अनुसार कक्षा ८ र १२ मा आगामी वर्ष लागू हुनेछ ।

परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले विद्यालय तहको एउटै परीक्षार्थीको उत्तर पुस्तिकालाई फरक फरक परीक्षकले परीक्षण गर्दा अङ्कमा धेरैले फरक पाइएको भन्दै त्यस्तो अन्तर घटाउन स्तरीकृत परीक्षा प्रणाली उपयुक्त बोर्डको विश्वास छ । 

Tags :
प्रतिक्रिया दिनुहोस