कोशी प्रदेशमा राप्रपाले राख्यो मुख्यमन्त्री पाउनुपर्ने अडान « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कोशी प्रदेशमा राप्रपाले राख्यो मुख्यमन्त्री पाउनुपर्ने अडान


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । कोशी प्रदेशमा सरकार परिवर्तनका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुख्यमन्त्री पाउनुपर्ने माग राखेको छ । एमाले नेतृत्वको सरकारमा सहभागी भएको राप्रपाले सरकार परिवर्तन गर्दा चार वर्ष मुख्यमन्त्री पाउनुपर्ने सर्त अघि सारेको हो।

चार वर्षसम्म मुख्यमन्त्री पाउने लिखित सहमति भए मात्रै सरकार परिवर्तनमा साथ दिने दलका नेताहरूसँग छलफलका क्रममा राप्रपाका एक नेताले बताए ।

प्रदेश सभामा ६ सिट रहेको राप्रपा सामेल भए काँग्रेस-माओवादी-समाजवादी र जनता समाजवादीसहितको गठबन्धनले सहज रूपमा सरकार गठन गर्न सक्छ। यसरी बन्ने गठबन्धनको पक्षमा प्रदेशसभामा ५२ सिट पुग्छ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। काँग्रेस र माओवादी केन्द्रले ४ वर्षका लागि मुख्यमन्त्रीमा समर्थन गर्ने लिखित प्रतिबद्धता जनाउनु पर्ने ती नेताको भनाई छ ।

मन्त्री मात्रैका लागि आफ्नो दल गठबन्धन हेरफेर गर्ने पक्षमा नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस