किन खस्कियो चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

किन खस्कियो चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा ?


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षाको नतिजा यस पटक फेरि खस्किएको छ ।

काउन्सिलको ६६औँ परीक्षामा जम्मा ३८.३९ प्रतिशत परीक्षार्थीले मात्रै लाइसेन्सका लागि नाम निकालेका छन् ।

यसअघिको ६५औँ लाइसेन्स परीक्षामा ४७.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

काउन्सिलले जेठ १७ गते लिएको परीक्षामा मेडिकलतर्फ ४०.४९ र डेन्टलतर्फ २९.६१ प्रतिशत परीक्षार्थी उत्तर्णि भएका हुन् ।

मेडिकलतर्फ एक हजार ३३८ जनाले परीक्षा दिएकोमा ५५८ र डेन्टलतर्फ ३३१ जनाले दिएकोमा ९८ जनाले नाम निकालेको काउन्सिलले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस