पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते 


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन ।

सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस