एमाले गर्‍यो संसद अवरोध, प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले गर्‍यो संसद अवरोध, प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग 


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माफी नमागेसम्म संसद् चल्न नदिने बताएको छ ।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ सो पार्टीका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले गैर संवैधानिक काम गरेको र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा कालापानी र लिम्पियाधुरालगायतका क्षेत्रको बारेमा दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गरेको छ ।

प्रधानमन्त्रीले माफी नमागेसम्म र राष्ट्रपतिको कदम नसच्चिएसम्म सदन चल्न नदिने एमालेले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस