भुटानी शरणार्थी प्रकरण : यस्तो छ टेकनाथ रिजालले अदालतमा दिएको बयान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भुटानी शरणार्थी प्रकरण : यस्तो छ टेकनाथ रिजालले अदालतमा दिएको बयान


२० जेष्ठ २०८०, शनिबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा दिएको बयानमा सानु भण्डारी र केशव दुलालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् ।

उनले सानु भण्डारी र केशव दुलालसँगै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पोलेका छन् ।

आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौँ ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्‍याएको उनको बयान छ । रायमाझीसँग भएको कुराकानी क्लियर नभएपछि प्रचण्ड कहाँ लगेको भन्दै उनले प्रचण्ड निवासमा आफू, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलाल पुगेका बताएका छन् ।

भेटमा रायमाझीले सानु र केशवलाई प्रचण्डसँग चिनजान गराएका थिए । आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको बताएका छन् । उनले भनेका छन्, ‘प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला । सम्बोधन हुनसक्ने नभए समाधान गर्नु भन्नु भयो ।’

यो भेटपछि सानु र केशवमाथि शङ्का लागेको भए पनि उनीहरूले भने जस्तो आफ्नो रोकिएको सुविधा पनि सुचारु भएको र भुटानी शरणार्थीबारे निर्णयहरू हुन थालेको रिजालको बयान छ ।

रिजालले भनेका छन्, ‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस