नेपाल–भारत सीमा विवाद समाधान गछौँ : मोदी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपाल–भारत सीमा विवाद समाधान गछौँ : मोदी


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा विवाद समाधान हुने बताएका छन् ।

उनले नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाइ दिने काम भइरहेको बताएका छन् । उनले सीमा विवाद पनि यहीँ भावनाका साथ समाधान हुने बताए ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवाद पश्चात् हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा मोदीले यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने बताए ।

“हामी हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाइ दिने काम गर्नेछौँ,” उनले भने, “यही भावनाका साथ हामी सबै विषयमा संवाद गर्नेछौँ र समस्या समाधान गर्नेछौँ । सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ ।”

Tags :
प्रतिक्रिया दिनुहोस