गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन घोषणा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन घोषणा


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ  । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हटेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले सरकारले बजेटमा गेटामा विश्वविद्यालय नभई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

सरकार आफ्नै निर्णयबाट पछि हटेका कारण बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने सङ्घर्ष समितिले जनाएको छ । समितिले चक्काजाम गर्ने, प्रदेश प्रमुख, मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउनेलगायतका आन्दोलनको कार्यक्रम रहेको जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस