नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शन   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शन  


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा बुधबार प्रदर्शन गरेको छ।

बुधबार साँझ नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा राष्ट्रपति रामचन्द्र पौडेलको पुतला जलाएको छ।

त्यस्तै, युवासंघले भारतीय संसद्‌मा अखण्ड भारतको नक्सा राख्ने क्रममा नेपालको कपिलवस्तु र लुम्बिनीसमेतलाई समेटेको भन्दै राष्ट्रपति पौडेलको अर्को पुतला पनि जलाएको छ।

युवा सङ्घले नयाँ बानेश्वरमा राष्ट्रपति तथा सरकारविरुद्ध मसालसमेत बालेर प्रदर्शन गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस