विराटनगरका विद्यालयमा दुई दिन बिदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विराटनगरका विद्यालयमा दुई दिन बिदा


१७ जेष्ठ २०८०, बुधबार


School

काठमाडौँ । विराटनगरका विद्यालयमा दुई दिन बिदा दिइएको छ। केही दिन देखि बढेको गर्मीका कारण विराटनगरका विद्यालयमा दुई दिन बिदा दिइएको विराटनगर महानगरपालिकाले जनाएको छ। 

बर्खे बिदाबाट कट्टी हुने गरी जेठ १८ र १९ गते विराटनगरमा  सञ्चालित सार्वजनिक तथा संस्थागत विद्यालयहरू बिदा गरिएको विराटनगर महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

‘केही दिन देखि बढेको अत्याधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ भएको र विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै नगर शिक्षा समितिको जेठ १७ गतेको निर्णय अनुसार विद्यालयहरू बिदा दिइएको छ ’ सूचनामा भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस