सुन लगाएको फोटो बनाएर गरेको ट्रोलप्रति ओलीको आपत्ति  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सुन लगाएको फोटो बनाएर गरेको ट्रोलप्रति ओलीको आपत्ति 


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो गरेका छन् । आफूमा सुनप्रति कहिल्यै मोह नभएको उनले भन्दै यसप्रती आपत्ति जनाएका छन् । 

‘सानो हुँदा आमाको औँठी चार दिन लगाएँ । एउटा साथीले दिएको औँठी बिहानदेखि बेलुकासम्म लगाएँ । त्योबाहेक सुन कहिल्यै लगाएको छैन’, उनले भने, ‘अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् । कस्तो नियत, कस्तो घटिया कुरा होला ?’

प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउन लगाउँदा करिब ११ केजी सुन हराएको भन्दै ओलीको सामाजिक सञ्जालमा ट्रोल भएको थियो । ओलीको तस्बिरमा सुनैसुन ढाकिएको फोटो बनाएर भाइरल गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस