नागरिकता विधेयक प्रमाणीकरण गरेर संसद्को अधिकार खोस्ने काम भयो : योगेश भट्टराई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नागरिकता विधेयक प्रमाणीकरण गरेर संसद्को अधिकार खोस्ने काम भयो : योगेश भट्टराई


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ। एमालेका सचिव योगेश भट्टराईले नागरिकता विधेयक प्रमाणीकरण गरेर संसद्को अधिकार खोस्ने काम भएको बताएका छन् ।

भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेर संसद्को अधिकार खोस्ने काम गरेका बताएका हुन् ।

उनले भने, ‘संसद्को अधिकारी हनन् भएको छ, असंवैधानिक कदम चाल्नुभएको छ । नागरिकता संवेदनशील विषय हो, त्यसैले राष्ट्रिय सहमति हुनुपर्थ्यो । प्रधानमन्त्री भारत भ्रमणमा निस्किने दिन प्रमाणीकरण हुनुले शङ्का, उपशङ्का त हुने नै भयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस