सोह्रखुट्टेको एउटा स्कुलको छात्रावासमा विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सोह्रखुट्टेको एउटा स्कुलको छात्रावासमा विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । काठमाडौँको नयाँ बजार (सोह्रखुट्टे) स्थित इटरनल लाइट पब्लिक स्कुलमा एक जना विद्यार्थी मृत फेला परेका छन् ।

धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका हुन् । उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा गए राति मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । तर उनको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस