पाठेघर क्यान्सरविरुद्धको खोप असारमा आउने, ९ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई दिइने  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाठेघर क्यान्सरविरुद्धको खोप असारमा आउने, ९ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई दिइने 


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । सरकारले पाठेघर क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ कार्यक्रम विस्तार गर्ने योजना ल्याएको छ । स्वास्थ्य सेवा विभागले असार मसान्तसम्म २० हजार भाइल एचपीभी खोप नेपाल भित्रिने जनाएको छ । 

आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा ९ देखि १४ वर्षका किशोरीहरूका लागि लक्षित गरी यो कार्यक्रमलाई विस्तार गरिने भनिएको छ । यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा नै घोषणा गरेपनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

खोप शाखाका अनुसार अहिले थोरै संख्यामा मात्र खोप आउने भएकाले तत्काल राष्ट्रिय खोप तालिकामा समावेश गर्नेबारे निर्णय भइसकेको छैन । 

सरकारले सन् २०१६–२०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका किशोरीमा एचपीभी खोप परीक्षण गरेको थियो । २०१९ मा स्वास्थ्य मन्त्रालयले यो खोप ल्याउन खोप शाखालाई २ करोड ७५ लाख र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । प्राइभेटले फाट्टफुट्ट यो खोप दिइराखेका छन् । पूर्वस्वास्थ्य अधिकारीका अनुसार यो खोप २०२२ मै दिने कुरा भए पनि दिन सकिएको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस