विभागीय प्रमुखको जिम्मेवारी हेरफेर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विभागीय प्रमुखको जिम्मेवारी हेरफेर


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मातहतका तीन विभागका विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ।

प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतलाई खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललाई प्रशासन विभाग प्रमुख बनाइएको छ।

खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालाई खेलकुद विकास विभाग प्रमुखको जिम्मेवारी दिइएको  छ। तीनै विभागीय प्रमुखले मङ्गलवार कार्यभार सम्हालेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस