रेशम चौधरीमाथि अन्याय भयो : रवि लामिछाने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

रेशम चौधरीमाथि अन्याय भयो : रवि लामिछाने


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रेशम चौधरीलाई न्याय नभएको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले आममाफी दिएर छोड्दा चौधरी न्याय नभएको बताएका हुन् । 

रेशम चौधरी निर्दोष छन् भन्ने विश्वासका साथ आफ्नो दलले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको पनि उनले बताए । तर अहिले गलत प्रक्रियाबाट उनलाई छुटाइएको भन्दै लामिछानेले भने, ‘रेशम चौधरी छुट्नुभयो, ठिक छ । तर रेशम चौधरीमाथि न्याय भएन ।’

दुई दिन अगाडिसम्म रेशमले नै आफूसँग म निर्दोष छु भनेको भन्दै उनले अघि भने, ‘अहिले उहाँ निर्दोष भएर छुट्नु भएन । जुन लडाइँ उहाँको थियो, यो लडाइँ उहाँले जित्नु नै भएन ।’

एउटा व्यक्ति जेलमुक्त हुँदा खुसी हुनु आफ्नो ठाउँमा भए पनि थारुहरूको सङ्घर्षले विजय प्राप्त नगरेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस