वीरगन्ज कारागारबाट १९ कैदी रिहा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

वीरगन्ज कारागारबाट १९ कैदी रिहा


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १९ कैदीबन्दी रिहा भएका छन्। विभिन्न अपराधमा दोषी ठहर भई कैद सजाय भुक्तानी गरिरहेका १९ जनाले असल चालचलनको आधारमा बाँकी सजाय माफी पाएका हुन्।

वीरगन्ज कारागारबाट रिहा हुनेहरूमा कर्तव्य ज्यान मुद्दाका ७ जना, सवारी साधन मुद्दाका २ जना, चोरी मुद्दाका ३ जना, हातहतियार खरखजाना मुद्दाका २ जना तथा ज्यान मार्ने उद्योग, अपराधिक लाभ, सवारी ज्यान उद्योग तथा अङ्गभङ्ग, लागुऔषध र विना इजाजत वन पैदावार हानी नोक्सानी मुद्दाका १-१ जना रहेका छन्।

कर्तव्य ज्यानका ७ जना कैदीबन्दीमध्ये पाँचजनालाई आममाफी भएको वीरगन्ज कारागारका निमित्त जेलर नवराज बर्तौलाले बताए। उनले रिहा भएका कैदिबन्दीहरुलाई फूलमाला र टिका लगाएर बिदाइ गरेका थिए।

१६औँ गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले देशभरका विभिन्न कारागारमा रहेकामध्ये ५०१ कैदीको सजाय माफी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस