आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक गर्दैछ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारका नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

आज अपराह्न ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा सरकारकातर्फबाट अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायतको सहभागिता रहने प्रचलन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस