प्रमुख शासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रमुख शासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

नाग्मा पार्क उद्यान निर्माणमा भ्रष्टाचार गरेको आरोपमा जुम्लाको तिला गाउँपालिकाकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर जनक रोकाय, सव-इन्जिनियर प्रेम बहादुर बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

त्यसैगरी नाग्मा पार्क तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द बहादुर बुढा, सचिव अर्जुन बुढा र कोषाध्यक्ष दिलधरा दमाईविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

कम काम गरी प्राविधिकसँग मिली कार्य सम्पादन मूल्याङ्कन पुरा भएको देखाई उपभोक्ता समिति र प्राविधिकहरू मिली बिल भरपाई बनाई अनुगमन गर्न लगाई सरकारी रकमको चरम दुरुपयोग गरेको अख्तियारको ठहर छ ।

तिला गाउँपालिका वडा नं. १ स्थित नाग्मा पार्क उद्यान निर्माण योजनामा स्वीकृत गरेको लागत अनुमान बमोजिम कार्य नभएको, स्थलगत गई नाप जाँच गरी कम काम भए गरेको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्कनसहितको नापी किताब तयार गरी कार्य सम्पन्न प्रतिवेदन समेत दिई भुक्तानीको लागि सिफारिस गरेकोमा सोहीवमोजिम भुक्तानी भएको पाइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस