पर्यटन मन्त्री किरातीको आक्रोश : मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पर्यटन मन्त्री किरातीको आक्रोश : मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा मान्छेहरू बौलाउन थालेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत मन्त्री किरातीले विभिन्न सञ्चारमाध्यममा पशुपतिनाथको ३१ रोपनी जग्गामा चलखेल गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्री किरातीले यस्तो बताएका हुन्।

मन्त्री किरातीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन्।

उनले लेखेका छन्,‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन ।’

Tags :
प्रतिक्रिया दिनुहोस