प्रधानमन्त्री प्रचण्डले रविलाई भने : भ्रष्टाचार हामी सबैको साझा शत्रु हो, दृढतापूर्वक उभिनुस् « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

प्रधानमन्त्री प्रचण्डले रविलाई भने : भ्रष्टाचार हामी सबैको साझा शत्रु हो, दृढतापूर्वक उभिनुस्


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचार हामी सबैको साझा शत्रु भएकाले निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक सबै उपायहरू अवलम्बन गरी कडाइका साथ नियन्त्रण गर्नुको कुनै विकल्प छैन ।’

रास्वपा सभापति रवि लामिछानेले भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्रीकै मुटु हल्लिएको हो कि, कहाँ गएर जाँच गर्नु पर्ने हो भन्ने अभिव्यक्ति दिएका थिए । लामिछानेको उक्त अभिव्यक्तिको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस्तो आशङ्का नगर्न आग्रह समेत गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘बिलकुल आशङ्का नगर्न बरु सरकारले जो अभियान सुरु गरेको छ त्यसमा दृढतापूर्वक उभिन म अपिल गर्न चाहन्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस