जलहरी प्रकरणमा निराधार आरोप लगाएको भन्दै युवा सङ्घले जलायो राजन दाहालको तस्बिर « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

जलहरी प्रकरणमा निराधार आरोप लगाएको भन्दै युवा सङ्घले जलायो राजन दाहालको तस्बिर


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । युवा सङ्घ नेपालले (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसदमा केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा लगाएको आरोपविरुद्ध प्रदर्शन गरेको छ।

शनिवार काठमाडौँको बानेश्वर चोकमा युवा सङ्घ नेपालले विरोध गरेको हो। सांसद दाहालले जलहरी सुनको नभई पित्तलको भएको र यसको सम्पूर्ण जिम्मेवारी केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिएका थिए।

सोही विषयलाई लिएर युवा सङ्घले विरोध जुलुस गरेको हो। प्रदर्शनमा सहभागीले सिसिटिभी फुटेज खाने मुसा कहाँ गयो ?, लडाकु घोटाला छानबिन गर, राजन दाहाल सोचेर बोल, युवाले खोल्दै छन् पोल लगायतका प्लेकार्ड बोकी विरोध जनाएका थिए।

सांसद दाहालद्वारा अभिव्यक्त उक्त शब्द आजको संसद्को रेकर्डबाट हटाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस