प्रतिनिधिसभा बैठक आज बस्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभा बैठक आज बस्दै


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (शनिबार) बस्दैछ। बैठक अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

त्यसपछि सभामुखले बैठक स्थगित गरी दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका थिए। विभिन्न चरणको सर्वदलीय बैठकसँगै बैठक पुनः साँझ ६ बजेका लागि बोलाइएको थियो।

तर सहमति हुन नसकेपछि बैठक शनिबार अपराह्न ४ बजे बस्नेगरी बोलाइएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस