सरकारप्रति नागरिकको विश्वासमा बढोत्तरी हुने गरी काम गर्न सचिव डा. पुष्करको निर्देशन  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सरकारप्रति नागरिकको विश्वासमा बढोत्तरी हुने गरी काम गर्न सचिव डा. पुष्करको निर्देशन 


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । संघीयम मामिला तथा सामान्य प्रशासन सचिव डा. कृष्णहरि पुष्करले सेवा प्रवाहमार्फत सरकारप्रति नागरिकको विश्वासमा बढोत्तरी हुने गरी कार्य गर्न निर्देशन दिएका छन् । 

फेदीखोला गाउँपालिका, स्याङ्जामा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको सहयोगमा नवप्रवर्तन साझेदारी कोष अन्तर्गत सञ्चालित “टेक्नो फ्रेन्ड्ली गभर्नेन्स एण्ड डिजिटाइज्ड प्रोजेक्ट” परियोजनाको अनुगमनपछि आयोजित सचिव डा. पुष्करले सो कुरा बताएका हुन् । 

सफ्टवेयरमा रहेका डाटाको सुरक्षामा चाँसो राख्दै कार्य सम्पन्न भए पश्चात् विज्ञहरूबाट प्राविधिक परीक्षणलगायत हुनुपर्नेमा जोड दिँदै सचिव डा. पुष्करले भने ‘सेवा प्रवाह मार्फत सरकार प्रति नागरिकको विश्वासमा बढोत्तरी हुने गरी कार्य गर्नुपर्ने हुन्छ’

अनुगमनका क्रममा गाउँपालिकामा डिजिटल सेवा प्रवाहको निम्ति सफ्टवेयरको प्रयोग एवं वडा कार्यालय तथा सार्वजनिक विद्यालयहरूमा इन्टरनेटको विस्तार गरी सेवाग्राहीको सहज पहुँचमा गाउँपालिकाको सेवा प्रवाह गर्ने सम्बन्धी छलफल भएको छ । 

सोही क्रममा सचिव डा. पुष्करले कास्कीमा अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित कार्यालयका प्रमुखहरूसँगको अन्तरक्रियाका क्रममा जिल्लास्थित शिक्षा, मालपोत, यातायात, कृषि लगायत कार्यालयका प्रमुखहरूसँग सेवा प्रवाह, सङ्घीय निजामती सेवा ऐन, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको समीक्षा एवं भावी कार्यदिशा, कार्यालय प्रमुखलाई सेवा प्रवाहको क्रममा आई परेका समस्याका बारेमा छलफल भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस