सत्तापक्ष गम्भीर नहुँदा केही सहमति भएन : एमाले « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सत्तापक्ष गम्भीर नहुँदा केही सहमति भएन : एमाले


१२ जेष्ठ २०८०, शुक्रबार


सुन प्रकरणमा कर्मचारीमात्र नभई अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नता छ : एमाले

काठमाडौँ । नेकपा (एमाले)ले पशुपतिमा चढाएको जलहरीबारे सरकार सदनमा जवाफ दिन गम्भीर नबनेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेतक पदम गिरीले जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको बताए ।

सत्तापक्ष गम्भीर नबन्दा सदन चलाउने विषयमा कुनै सहमति हुन नसकेको उनको भनाइ छ । 

नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ दिन शुक्रबार बोलाइएको बैठक एमालेका अवरोधका कारण केहीबेर बसेर २० मिनेटका लागि स्थगित भएको थियो । 

गएको जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा सत्तारूढ नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा सुनको भन्दै पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले आज संसद् बैठक अवरुद्ध गरेको हो । 

साढे १२ बजेबाट स्थगित भएको बैठक २० मिनेटमा बस्न नसकेपछि ३ बजे र त्यसपछि पनि बस्न नसकेपछि ६ बजेका लागि बोलाइएको थियो । तर, तोकिएको समयमा बैठक बस्न सकेन । 

बैठक शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस