शरणार्थी प्रकरण : पहिलो बयान केशव दुलाल, टोपबहादुर ७, सचिव पाण्डे ९ र खाँण १३ नम्बरमा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

शरणार्थी प्रकरण : पहिलो बयान केशव दुलाल, टोपबहादुर ७, सचिव पाण्डे ९ र खाँण १३ नम्बरमा


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो बयान मुख्य अभियुक्त केशवप्रसाद दुलालबाट सुरु गर्न लागिएको छ ।

शुक्रबारबाट काठमाडौँ जिल्ला अदालतमा सुरु हुने लागेको बयान जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुनेछ ।

काठमाडौँ जिल्ला अदालतका अनुसार सरकारी वकिल कार्यालयले दर्ता गरेको क्रमानुसार नै प्रतिवादीहरूको बयान लिन लागिएको र पहिलो प्रतिवादीका रूपमा केशव प्रसाद दुलालको नाम समावेश भएको कारण पहिलो बयान दुलालकै लिन लागिएको हो ।

बुधबार काठमाडौँ जिल्ला अदालतमा दर्ता गरिएको २२४ पृष्ठ लामो अभियोग पत्रमा ३० जनालाई प्रतिवादी बनाउँदा केशवप्रसाद दुलालको नाम पहिलो प्रतिवादीका रूपमा रहेको छ भने टोप बहादुर रायमाझीलाई ७ नम्बर, निलम्बित पूर्व गृहसचिव टेक नारायण पाण्डेलाई ९ नम्बर र पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई १३ नम्बरमा राखेर प्रतिवादी बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस