प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथिका सवालको जवाफ दिने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथिका सवालको जवाफ दिने


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।

यस्तै, संघीय संसद सचिवालयद्वारा सार्वजनिक दैनिक कार्यसूचीअनुसार बाँकी केही सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएको सवालमा जवाफ दिने छन् ।

संशोधन प्रस्तावहरूलाई निर्णयार्थ पेश गरी आजकै बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।

जेठ ५ गते संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस