आइएमई पेको नयाँ अफर-रु. १ को खेल आइएमई पे एपमा, स्मार्टफोन जित्ने मौका « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आइएमई पेको नयाँ अफर-रु. १ को खेल आइएमई पे एपमा, स्मार्टफोन जित्ने मौका


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।  

जेठ १० गते (बधुबार)देखि जेठ ७ गतेसम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् । 

प्रयोगकर्ताहरूले यो खेल आइएमई पे एप को होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गई खेल्न सक्नुहुनेछ । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरूले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्ने छन् ।  

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सञ्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस