कर्जन्हामा जग्गाधनी प्रमाणपत्र वितरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कर्जन्हामा जग्गाधनी प्रमाणपत्र वितरण


११ जेष्ठ २०८०, बिहिबार


गोल बजार । सिरहाको कर्जन्हा नगरपालिकामा नापी कार्यालय मिर्चैयाले जग्गाधनीलाई प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । पुस्तौँ पुस्तादेखि भोगचलन गर्दैआएकालाई लालपुर्जा वितरण गरिएको हो ।

कर्जन्हा नगरपालिका–६, ७ र ८ का एक सय ५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो । बाँकीलाई कार्यालयले सम्बन्धित वडामा नै लालपुर्जा उपलब्ध गराउने विशेष नापी कार्यालय मिर्चैयाका १ नं नापी टोलीका प्रमुख आशुतोषकुमार यादवले जानकारी दिए ।

लालपुर्जाबाट वञ्चित जग्गाधनीले पुर्जा पाएपछि खुसी व्यक्त गरेका छन् । विशेष नापी कार्यालय मिर्चैयाले २०६३ सालदेखि सिराहामा जग्गाको नाप जाँच गर्दै आएको कार्यालय प्रमुख दिलीपकुमार सिंहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस