शरणार्थी प्रकरणका यी हुन् १४ जना फरार प्रतिवादी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शरणार्थी प्रकरणका यी हुन् १४ जना फरार प्रतिवादी


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियोजन दर्ता गरिएका ३० प्रतिवादीमध्ये १४ जना अझै फरार रहेका छन् । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीले गरेको तहकिकातबाट प्राप्त प्रमाणहरूको आधारमा बुधबार अपराह्न काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । 

अभियोजन दर्ता गरिएकामध्ये काठमाडौँ महानगरपालिका–३० का केशव तुलाधर, ललितपुर बुङमतीका लक्ष्मी महर्जन, ललितपुर–१९ का हरिभक्त महर्जन, इटहरी उपमहानगरपालिका-४ घर भई अमेरिका बस्ने अशोक पोखरेल, मोरङ कानेपोखरी ५ का धिरेन राई, दीपाञ्जली हुमागाईँ रहेका छन् । हुमागाईँ प्रहरीले प्रमुख अभियुक्त भनी किटानी गरेका केशव दुलालकी पत्नी हुन् ।

ललितपुर ठेचोका निरज राई, काठमाडौँ जीतपुरफेदीका राजेश अर्याल, मोरङ मिक्लाजुङ-६ का मोहनराज राई, बुढानीलकण्ठ १०का आशीष बुढाथोकी, मोरङ शनिश्चरे-१० की विनीता सामदेव लिम्बु, रौतहट फतुहा हर्साह-९ का निरन्जरकुमार खरेल, झापा गौरादह(१ का सुनिल बुढाथोकी, चितवनको भरतपुर महानरपालिका-१० का प्रतीक थापा रहेका छन् । फरार रहेका निरज नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा हुन् । इन्द्रजित भने प्रहरी हिरासतमा छन् । प्रतीक तत्कालीन गृहमन्त्री थापाका छोरा हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस