शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान थाल्न प्रहरीलाई निर्देशन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान थाल्न प्रहरीलाई निर्देशन


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूले बयानमा नाम लिएका र कुनै न कुनै रूपमा संलग्नता देखिएकाहरूमाथि फेरि अनुसन्धान हुने भएको छ ।

३० जना विरुद्ध अदालतमा मुद्दा पेस गर्ने क्रममा सरकारी वकिलको कार्यालयले पक्राउ परेकाहरूले बयानका क्रममा नाम लिएका तर अहिलेसम्म छानबिनको दायरामा नआएकाहरूको हकमा अनुसन्धान अघि बढाउने निर्णय गरेको हो ।

सरकारी वकिलको कार्यालय, काठमाडौँले गरेको निर्णयमा भनिएको छ, ‘प्रतिवादीहरूको बयान पोलमा परी खुलाइ दिएका व्यक्तिहरूको हकमा अनुसन्धान कार्य जारी रहेको हुँदा स्वतन्त्र प्रमाणबाट कसुर गरेको खुल्न आएका बखत वा पक्राउ परी आएका बखत थप दाबी लिई अभियोग-पत्र पेस गरिने ब्यहोरा सादर अनुरोध छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस