प्रदेश संरचना खारेज गर्न राप्रपा नेपालको माग, प्रदेशका सबै इकाई विघटन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रदेश संरचना खारेज गर्न राप्रपा नेपालको माग, प्रदेशका सबै इकाई विघटन


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले प्रदेश संरचना खारेज गर्न माग गरेको छ । एक विज्ञप्ती जारी गर्दै राप्रपा नेपालले यस्तो जानकारी गराएको हो ।

सोहीअनुसार राप्रपा नेपालले पार्टी अन्तर्गतका प्रदेश तहका सबै इकाईहरू विघटन गर्ने निर्णय पनि गरेको छ।

राप्रपा नेपाल केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तारित बैठकले संघीय संरचना अन्तर्गतको प्रदेश तह आर्थिकरुपमा बोझिलो तथा अनेकौ राजनीतिक विकृति र विसंगतिको कार्यथलो साबित भएको ठहर गरेको प्रवक्ता वसन्त मानसिंह अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरएिको छ ।

‘केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न सुदृढ स्थानीय स्वायत्त सरकार गरी दुई तहको संरचना वा सरकार कायम गरिनुपर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘ प्रदेश तहको सभा र सरकार सम्बन्धी वर्तमान व्यवस्था खारेज गर्न राप्रपा नेपाल माग गर्दछ । प्रदेश तहको संरचना खारेज हुनपर्छ भन्ने पार्टीको दृढ मान्यता भएको कारण राप्रपा नेपालको पार्टी अन्तर्गतका प्रदेश तहको सबै ईकाईहरु विघटन गर्ने बैठक निर्णय गर्दछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस