गुजरातलाई हराउँदै चेन्नाई फाइनलमा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गुजरातलाई हराउँदै चेन्नाई फाइनलमा


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । साबिक विजेता गुजरात टाईटन्सलाई हराउँदै चेन्नाई सुपर किंग्स दशौं पटक ईन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल प्रवेश गरेको छ ।

घरेलु मैदान एमए चेन्नास्वामी स्टेडियम चेप कमा चेन्नाई १५ रनले विजयी भएको हो । दशौं पटक आइपीएल फाइनल पुगेको चेन्नाई चार पटक आईपीएल च्याम्पियन भएको छ ।

पहिलो क्वालिफायरमा चारपल्टको च्याम्पियन चेन्नाईले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ७३ रन बनाएको थियो । त्यसमा ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाएका थिए । चेन्नाईका बलरले त्यसलाई रक्षा गर्ने क्रममा गुजरातलाई १ सय ५७ रनमा रोकेको थियो । सुरुमा २२ रन बनाएका जड जाले पछि १८ रनमा दुई विकेट लिन सफल भएका थिए ।

आज (बुधबार) इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सले पाँचपल्टको च्याम्पियन मुम्बई इन्डियन्सको सामना गर्नेछ । त्यसमा विजयी हुने टिमले अर्को खेलमा गुजरातको सामना गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस