संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची


१० जेष्ठ २०८०, बुधबार


sanghiya sansad

काठमाडौँ । संघीय संसदको संयुक्त बैठक आज(बुधबार)बस्ने भएको छ ।

बैठक सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न अपराह्न ४ बजे संयुक्त बैठक बस्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवज्ञबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको बैठक आजै बिहान ११ बजे बस्नेछ। प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस