मधेस प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मधेस प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ


९ जेष्ठ २०८०, मंगलबार


जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेपाली काँग्रेसका कृष्णप्रसाद यादव र वीरेन्द्र प्रसाद सिंह तथा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मङ्गलवार पद तथा गोपनीयताको शपथ गराएका हुन्।

यादवले भौतिक पूर्वाधार विकास, सिंहले स्वास्थ्य तथा जनसङ्ख्या र न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस