चार पात्रो स्वीकृतिबिना प्रकाशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चार पात्रो स्वीकृतिबिना प्रकाशन


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । चार वटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिई चार पात्रो प्रकाशन भएको पाइएको हो । यस्तै दुई सयभन्दा बढी भित्ते पात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ ।

समितिले गठन गरेको अनुगमन उपसमितिको प्रारम्भिक अनुगमनबाट ती पात्रो र भित्ते पात्रो स्वीकृतिबिना प्रकाशन भएको पाइएको संयोजक मुरारी पाण्डेले जानकारी दिए ।

समितिबाट स्वीकृति नलिई प्रकाशन भएका पात्रोमा ज्वाला पञ्चाङ्गमा, वैदिक पञ्चाङ्गमयलगायत रहेका छन् । प्रकाशन भएका पात्रो र भित्ते पात्रोको अनुगमन जारी रहेको उनले बताए ।

उपसमितिले प्रारम्भिक अनुगमन गरी त्यसको तथ्याङ्क संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिमा पेस गरिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । अनुगमन समितिले कानुनी कारबाहीका लागि प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्ने बताइएको छ ।

समितिसँग स्वीकृति लिएर १५ पात्रो र करिब एक हजार भित्ते पात्रो प्रकाशन भएका छन् । सही तिथि मिति र चाडपर्वको जानकारी लिन समितिले स्वीकृति दिएका पात्रो र भित्ते पात्रो मात्र प्रयोग गर्न समितिले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस