आवासीय चिकित्सकले पाए रोकिएको भत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आवासीय चिकित्सकले पाए रोकिएको भत्ता


९ जेष्ठ २०८०, मंगलबार


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतका चार सय ३८ रेजिडेन्ट (आवासीय) चिकित्सकहरूले रोकिएको भत्ता पाएका छन् ।

उनीहरूले तीन महिनादेखि बाँकी रहेको मासिक निर्वाह भत्ता पाएका हुन् ।

उनीहरूले तीन महिनाको निर्वाह भत्तासँगै एक महिनाको तलब बराबरको पर्व भत्ता पनि पाए ।

न्याम्सअन्तर्गतका आवासीय चिकित्सकहरूले तीन महिनादेखि स्टाइपेन्ड पाएका थिएनन् ।

एमडी, एमएस र एमडीएसमा अध्ययनरत आवासीय चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने गरिएको छ । जसअनुसार आठौँ तहसरह ४८ हजार ७ सय ३७ रुपैयाँ र डीएम, एमसीएच अध्ययन गरिरहेका चिकित्सकहरूले नवौँ तहसरह ५६ हजार ७ सय ८७ रुपैयाँ मासिक निर्वाह भत्ता पाउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस