काभा वुमन्स भलिबल : नेपालले आज बंगलादेशसँग खेल्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काभा वुमन्स भलिबल : नेपालले आज बंगलादेशसँग खेल्दै


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालले बङ्गलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा नेपालले सोमबार किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो ।

बङ्गलादेश भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो । प्रतियोगिता अन्तर्गत मंगलबार भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै श्रीलङ्का र काजकिस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा हुनेछ । दुवै खेल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।

यस्तै समूह बी अन्तर्गत श्रीलङ्का र काजकस्तानबीचको खेल साढे १२ बजे तथा उज्वेकिस्तान र माल्दिभ्सबीचको खेल साढे ६ बजे सुरु हुनेछ । काजस्तानले पहिलो खेलमा माल्दिभ्सलाई हराउँदा उज्वेकिस्तानले श्रीलंकालाई पराजित गरेको थियो । यदि काजखस्तान र उज्वेकिस्तान आज पनि विजयी भए समूहको अन्तिम खेल अघि नै सेमिफाइनल पुग्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस