चिठ्ठा व्यवस्थापनसम्बन्धी विधेयक फिर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चिठ्ठा व्यवस्थापनसम्बन्धी विधेयक फिर्ता


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले सोमबार एक विधेयक प्रदेश सभामा फिर्ता पठाएका छन्।

वैशाख १२ गतेको प्रदेश सभा बैठकले पारित गरी प्रमाणीकरणका लागि पठाएको प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख शर्माले फिर्ता पठाएका हुन्।

विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (३) बमोजिम पुनर्विचार गर्न आवश्यक देखिएकाले सन्देशसहित प्रदेश प्रमुखले प्रदेश सभामा फिर्ता पठाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस