माओवादी नेताको प्रश्न : गल्ती भए जेल जान्छु भन्ने आँट ओलीजीमा छ ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादी नेताको प्रश्न : गल्ती भए जेल जान्छु भन्ने आँट ओलीजीमा छ ?


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भ्रष्टाचार प्रकरणमा ‘गल्ती भए जेल जान तयार छु’ भन्न सक्छन् कि सक्दैनन् भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद सापकोटाले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा भ्रष्टाचारका सबै प्रकरणका फाइल खोल्न र गल्ती भेटिए कारबाही भोग्न तयार हो कि होइन भनेर प्रश्न गरेका हुन् ।

सांसद सापकोटाले यती र ओम्नी प्रकरणका फाइल खोल्न पनि माग गरेका छन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्टोनमेन्टका फाइल खोल्न तयार रहेको र भ्रष्टाचार भेटिए जेल जान तयार रहेको संसद्मा भनेको स्मरण गराउँदै सांसद सापकोटाले यती र ओम्नी लगायतका अनियमितता खोल्न र कारबाही भोग्न ओली तयार हुन् कि होइन भनेर प्रश्न गरेका छन् ।

उनले भने, ‘भ्रष्टाचारका कुरा उठे । भ्रष्टाचारका विषयमा उठेका कुरामा सहमत छु । रघुजी पन्तले पनि नैतिकताको कुरा गर्नुभयो । त्यै नैतिकता भएर होला प्रधानमन्त्रीज्यूले क्यान्टोनमेन्टका फाइलहरू खोलौँ म दोषी रहेछु भने जेल जान तयार छु भन्नुभयो । प्रमुख प्रतिपक्षी दलको नेताले पनि यती र ओम्नीका फाइलहरू खोलौँ, गल्ती रहेछ भने जेल जान तयार छु भन्ने आँट गरौँ न १ सुरुवात त्यहाँबाट नै हुन्छ । एकले अर्कालाई किन आरोप प्रत्यारोप मात्रै गर्ने रु नैतिकता भनेको कुरा त्यसरी प्रस्तुत गरौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस