अयोग्य लडाकुलाई २ लाख दिने निर्णयविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अयोग्य लडाकुलाई २ लाख दिने निर्णयविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा सोमबार पनि सुनुवाइ हुन सकेन ।

सर्वोच्च अदालतले सरकारको निर्णयका आधारमा अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ वितरण गर्ने गरी गृह मन्त्रालयले ल्याएको कार्यविधि कार्यान्वयन नगर्न जेठ २ मा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसमा अन्तरिम आदेश दिने कि नदिने भन्ने तय गर्न आज दुवै पक्षलाई बोलाएको थियो ।

यो मुद्दामाथि सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो । तर, यो मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको सर्वोच्च अदालतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस