‘भारतबाट दूध आयात गरेर किसानलाई मार्ने चलखेल भयो’ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

‘भारतबाट दूध आयात गरेर किसानलाई मार्ने चलखेल भयो’


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतबाट दूध आयात गर्ने चलखेल भएको टिप्पणी गरेकी छन् ।

देशमै उत्पादन भएको ८५ प्रतिशत दूध बिक्री नभएको अवस्थामा उल्टै भारतबाट दूध आयात गर्नु ठिक नभएको बताइन् ।

उनले भनिन्, ‘सहरी क्षेत्रमा दूधको अभाव भयो भनेर १ लाख ५० हजार लिटर बढी दूध भारतबाट आयात गर्ने चलखेल भयो । भारतबाट दूध आयात गरी किसानलाई मार्ने खेल भइरहेको ।’ ‘देशमा उत्पादन भएको ८५ प्रतिशत दूधले बजार पाउन सकेको छैन । किसानलाई निरुत्साहित हुने यस्ता खेल बन्द हुनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस